म्याग्देवासीको विकासका लागि दीर्घकालीन सोच

  • ख-
  • ख+

विकास खनाल

म्याग्दे: म्याग्दे १ काे नवनिर्मित कार्यलयकाे उद्घाटन भएको छ । कार्यलयकाे गाउँपालिका अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे र वडा अध्यक्ष शिवशरण वाग्लेले संयुक्त रूपमा उद्घाटन गरे ।

अध्यक्ष रानाले म्याग्देले नमुना काम गरेको बताइन् । महिलाको सवालमा अध्यक्ष सँग सुत्केरी कार्यक्रम देखि स्वास्थ्य , शिक्षाको क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ काम गरेको रानाको भनाइ थियो ।

काम गर्दै जाँदा विपक्षीहरूले विराेध गरेपनि त्यसलाई चिर्दै विकासको कामलाई तिव्रता दिइने रानाले बताइन् । सुरुका दिनहरूमा नियम कानुन बनाउन समय लागेपनि पछिल्लाे समयमा लय समातेर दीर्घकालिन भिजनका साथ काम गरेको रानाको भनाइ छ ।

गुणादी बाराही खानेपानी लाई गतसाल ३० लाख र यसपटक २० लाख विनियाेजन गरिएको उनलेे साे अवसरमा बताइन् । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बिकासका काममा जनसहभागिता हुनुपर्ने बताए । अलईन वान कन्ट्रक्सनले निर्माण गरेको वडा कार्यलय भवन भ्याट सहित १ करोड ६ लाख ७७ हजार ३ सय २ मा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

धेरै ठाउँमा रकम फ्रिज हुने गरेको भन्दै अधिकारीले समिति गठन गर्दा राम्रो र काम गर्न सक्ने खालको बनाउनुपर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्षहरू क्रमशः शिवबहादुर अाले , श्रीबहादुर थापा , प्रेमबहादुर थापा सहित साेमबहादुर अाले , पुष्पराज खनाल , दलबहादुर विक , सु. भिमबहादुर थापा , मुक्तिनाथ खनाल , विजय राज खनाल , सिराेमणि खनाल , मनिराज थापा , ऐमान सिंह थापा , केशिमाया अाले , मायादेवी सुनार , लक्ष्मी खनाल लगायतले सुभकामना मन्तब्य राखेका थिए ।

म्याग्दे १ का अध्यक्ष शिव शरण वाग्लेकाे अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विनोद खनालले र सचिव केशवराज पाैडेलले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी