पुरा भयो किसानको ‘मन्त्री आकांक्षा’

  • ख-
  • ख+

दमौलीः विभिन्न शंका उपशंका र अड्कलबाजी तोड्दै तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।

नेकपा एस्को स्थायी कमिटीमा सिफारिस गरिएका श्रेष्ठ पार्टी नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने नेकपा एस्को छरितो टोलीको सदस्य भएका छन् ।

उनीसहित पार्टीबाट छानिएका चार फूल र एक राज्यमन्त्रीले सपथ लिएका छन् । । एक नेताका अनुसार सो पार्टीले रामकुमारी झाँक्री, प्रेम आलेलाई पनि मन्त्री बनाउने गरी नाम टुंगो लगाएको छ । भवानी खापुन राज्यमन्त्री छिन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा श्रेष्ठसँगै विभिन्न दलबाट थपिएका मन्त्रीले लामो समय पछि मन्त्रिपरिषद पूर्ण पनि बनेको छ ।

पुरा भयो चाहना
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेको भन्दै आफ्नो ब्राण्डिन गर्दै आएका श्रेष्ठले यस अघि केपी शर्मा ओलीको मन्त्रीमण्डलको सदस्य हुने प्रयत्न धेरै पटक गरे ।

तर, पटक पटक आफूलाई ओलीले आश देखाएर प्रयोग गरेको महसुस गरेका श्रेष्ठले अकस्मात क्याम्प परिवर्तन गरेर नेकपा एस् प्रवेश गरेका थिए ।

राम्रो आर्थिक हैसियत बनाएका श्रेष्ठलाई राजनैतिक हैसित बनाउने आकांक्षा थियो । र, अब एमाले छाडेर नेकपा एस् प्रवेशसँगै उनको त्यो चाहना पुरा भएको छ ।

https://damaulinews.com/?p=12775

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी