अमेरिकामा नेपाली गणितज्ञ तथा तथ्याङ्कशास्त्रीहरुको कार्यशाला

  • ख-
  • ख+

काठमाडौंः गणित तथा तथ्यांक विधामा भइरहेका विश्वव्यापि अध्ययन तथा अनुसन्धानका बारेमा अमेरिकामा रहेका अध्येता, अध्यापक र अनुसन्धाताहरुबीच २१ दिने अर्चुअल कार्यशाला अमेरिकामा सम्पन्न भएको छ ।

नेपालमा गणित विषयको अध्ययन, अध्यापन र अनुसन्धानलाई अझै उपयोगी र गुणस्तरीय बनाउन आयोजना गरिएको कार्यशालामा नेपालका विश्वविद्यालय तथा सरकारी निकायमा कार्यरत ३५ जना तथ्यांकशास्त्रीहरु समेत सहभागी भएको कार्यशाला संयोजक डा। मिलन बिमलीले बताए ।

एसोसिएसन अफ नेप्लिज म्याथम्याटीसियन इन अमेरिकाले आयोजना गरेको कार्यशालामा त्रिभुवन विश्वविद्यालयका पूर्व डीन डा। रामप्रसाद खतिवडा सहित प्रा।डा। विकास सत्याल, डा। गोकर्ण अर्याल, डा। भिखारी थारु, डा। केशव पोख्रेल, डा। राम काफ्ले र डा। मिलन बिमलीले प्रशिक्षण दिनुभएको थियो ।

नेपालमा कार्यरत तथ्यांकशास्त्रीहरूलाई आधुनिक प्रविधिसँग साक्षात्कार गराउने तथा नेपाल र नेपाल बाहिर रहेका तथ्यांकशास्त्री र गणितज्ञहरूबीच सहकार्य विस्तार गर्न कार्यशाला सफल भएको एसोसिएसन अफ नेप्लिज म्याथम्याटीसियन इन अमेरिकाका अध्यक्ष डा। डा। केदार नेपालले बताए ।

गणित तथा तथ्याङ्क विधामा देखिएका समस्या तथा समाधानका विषयमा पनि छलफल भएको कार्यशाला संयोजक बिमलीले बताए । सन् २०१० मा स्थापना भएको एसोसिएसन अफ नेप्लिज म्याथम्याटीसियन इन अमेरिकाले स्थापनाकालदेखि नै गणितका कार्यशाला, गोष्ठी र कन्फेरेस गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी