
काठमाडौंः देशमा दैनिक कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा
१३ सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६६ हजार ६३२ पुगेको छ ।
पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ। प्रवक्ता गौतमका अनुसार १८ हजार १४२ कोरोनाका सक्रिय संक्रमित छन् । २४ घण्टामा ८२३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।
सोलुखु्म्बू, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन् ।