विपन्नलाई काेशिशकाे राहत

  • ख-
  • ख+

विकास खनाल

दमाैली : तनहुँ जिल्लामा रहेका अति विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरू लाई काेशिशले खाद्य तथा सरसफाइ सामग्री सहयोग गरेको छ । व्यास नगरपालिका भित्रका ७१ जना र म्याग्दे गाउँपालिकाका ६० जना लाई सामाग्री वितरण गरिएको काेशिशका प्रमुख रविलाेचन पाैडेलले जानकारी दिए ।

जिल्लाभरका ३ सय ७५ जनालाई खाद्यान्न तथा १ सय २० जनालाई स्वास्थ्य तथा सरसफाइ सामाग्री बितरण गर्ने याेजना अनुसार ब्यास र म्याग्देका विपन्न बर्गलाइ बितरण गरिसकेको र भिमाद लगायतका स्थानीय तहमा तत्कालै वितरण गरिने पाैडेलले बताए । राहतमा दाल , चामल , नुन , तेल , चना रहेको र उक्त सामाग्री ब्यास नगरपालिका वडा नँ ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठको प्रमुख अातिथ्यतामा प्रदान गरिएको काेशिशले जनाएको छ ।

‘ गाउँका निम्न अाए भएका वास्तविक अशक्त तथा अपांगकाे हातमा राहत पुगाेस भनेर काेशिशले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू , स्थानीय तहका प्रमुखहरू र अपांगको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरू लाई छान्ने जिम्मेवारी दिएको हुन्छ र त्यहि अनुसार वितरण गरिन्छ,’ पाैडेलले भने ।

काेभिड १९ ले पिराेलेकाे अवस्था एकातिर भने अर्कोतिर दसैंकाे मुखमा खाद्यान्न सामग्री पाउँदा व्यासकी विष्णुकुमारी श्रेष्ठले काेशिशलाइ धन्यवाद दिइन् । गरिबीकै कारणले दसैंमा के खाने भन्ने पिर भइरहेको बेला काेशिशले राहत दिएकोमा श्रेष्ठ लगायत सबै खुशी देखिन्थे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी