किसान श्रेष्ठ श्रममन्त्री बन्ने ‘करिब निश्चित ‘

  • ख-
  • ख+

दमौलीः पटक पटक चर्चामा आए पनि मन्त्री बन्नबाट बञ्चित रहँदै आएका तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान मन्त्री बन्ने देखिएको छ ।

नेकपा एस्ले टुंग्याएका मन्त्रीको नाममा श्रेष्ठको नाम पनि रहेको समाचार श्रोतहरुले उल्लेख गरेका छन् । सो पार्टीले पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठलाई दिने करिब निश्चित भएको पार्टी श्रोतलाई उल्लेख गर्दै सञ्चारमाध्यमहरुमा खबर छ ।

यद्यपि मन्त्रीको नामका विषयमा भने पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अन्तिम लालमोहर लगाउनेछन् ।

त्यसबीचमा कुनै उथलपुथल नभएमा श्रेष्ठको लामो समयदेखिको राजनैतिक महत्वाकांक्षा अन्ततः पुरा हुने भएको छ ।

पार्टीको संगठन गण्डकीमा बलियो पार्न र सरकारमार्फत प्रभाव विस्तार गर्न पनि प्रदेशबाट उनलाई मन्त्री बनाउन नेताहरु सहमत भएको बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी