जस्ट चिलः ‘गाउँले सहर’ दमौलीमा कफि र चिकेनको ‘नयाँ संसार’

  • ख-
  • ख+

दमौलीः धेरैले दमौलीलाई गाउँले सहर भन्छन् । आर्थिक हिसाबले धनाढ्य र प्रभावशाली मानिसको बसोबास रहने गरे पनि दमौली व्यवसाय र खुलापनका हिसाबले पछि परेकाले पन यसो भनिएको हुन सक्छ ।

पछिल्लो समय यस सहरमा नयाँ उद्योग र व्यवसायका क्षेत्रमा लगानी बढिरहेको छ । र, यसरी लगानी गर्नेमा युवाकै बाहुल्यता छ । फरक खालको क्षेत्रमा युवा लगानी भित्र्याउने क्रममा दमौलीका उत्साही युवा मिलेर व्यास २ सुनचाँदी लाइनस्थित पुरानो बिग स्माइल रेष्टुरेन्ट भएको ठाउँमा कफी र क्रिस्पी चिकेनसहितको क्याफे जस्ट चिल सञ्चालनमा ल्याएका छन् ।

लामो समय वैदेशिक रोजगारीको अनुभव समेटेका युवा सुनिल बुढाथोकीको व्यवस्थापनमा यस क्षेत्रका विभिन्न पेशा र क्षेत्रमा संलग्न २० जना युवाको सहभागीतामा झण्डै ५० लाख लगानीमा क्याफे सञ्चालनमा आएको सञ्चालक मध्येका एक सुरेश पुरीले बताए ।
क्याफेको उद्घाटन गर्दै व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले युवा सहभागीतामा शुरु व्यवसायले अरुका लागि पनि प्रेरणा दिएको बताए ।

अर्का सञ्चालक माधव न्यौपानेले सामूहिक व्यवस्थापनबाट धेरै काममा पाएको सफलताको अनुभवका आधारमा फरक क्षेत्रमा लगानी गरिएको बताए ।

कार्यक्रममा उपस्थित तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले युवा सहभागीताले लगानीमा बाटो खुला गरेको बताए । संविधान सभासदस्य रामचन्द्र पोख्रेल,शिक्षाविद् बिना कैनी,व्यासनगपालिका २ का वडाध्यक्ष काशीराम श्रेष्ठ,दमौली बजार इकाईका सभापति भूपाल आले,तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण सुनार,दमौली कलेजका प्रमुख महेन्द्र न्यौपाने,व्यासनगर युवा परिषद्का उपाध्यक्ष गौरव पन्थ लगायतको सहभागिता रहेको कार्यक्रममा सहभागीले बजारमा नयाँ शैलीको आकर्षक र फरक व्यवसाय भन्दै सफलताको शुभकामना दिए ।


प्रवन्ध निर्देशक सुनिल बुढाथोकीले एकै खालको रेष्टुरेन्ट धेरै खुले पनि फरक स्वाद र शैलीको स्वाद दिनका लागि जस्ट चिलको अवधारणा ल्याएको भन्दै यसलाई अन्यत्र पनि विस्तार गरिने सोच सुनाए ।

टिक टक पिङ

सफा र आकर्षक साज सज्जाका साथ आएको जस्ट चिलमा बालबालिकाका लागि पिन तथा फोटो खिचाउने र टिक टक बनाउने ठाउँ पनि छ । दमौलीमै पहिलो पटक केएफसी शैलीको चिकेन, भेज तथा चिकेन रोल तथा कफीका स्वादहरु चाख्न सकिने अर्का सञ्चालक सुमन श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी