ऋषिङ अपडेटः पुराना ११ संक्रमित सबै निको, नयाँ ४ थपिए

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकामा मंगलबार चार जनामा नयाँ कोरोना संक्रमण भेटिएको छ । भारतबाट घर फर्केर होम क्वारेन्टिनमा बसेका ऋषिङ ६ का एक र ऋषिङ ५ का तीन पुरुषमा संक्रमण भेटिएको हो ।


१४३ मध्ये ४ मा संक्रमण
यस अघि एकै साथ ११ जनामा संक्रमण भेटिएपछि गाउँपालिकाले एक सय ४३ जनाको एकै पटक स्वाब संकलन गरेको थियो । संक्रमितको सम्पर्कमा आएका, जनप्रतिनिधि तथा भारतबाट आएर होम क्वारेन्टिनमा बसेकासहितका व्यक्तिको स्वाब संकलन गरी पठाइएकामा चार जनामा मात्र संक्रमण भेटिएको गाउँपालिकाले जनाएको छ ।


ती संक्रमितलाई आइसोलेसनमा पठाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

यसअघिका ११ संक्रमित निको
यस अघि एकै साथ संक्रमण पुष्टि भएका ११ प्रतिनिधि नै निको भएर घर फर्किएका छन् । जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रको आइसोलेसनमा गएका १० जना निको भएर घर फर्केका हुन् ।

यसैगरी संक्रमित भएर घरमै आइसोलेसनमा बसेका एक जनप्रतिनिधिको पनि पछिल्लो परीक्षणमा नतिजा नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी