म्याग्दे ५ को वडा कार्यालय उद्घाटन गर्दै अध्यक्ष रानाले भनिन्, ‘सबैतिर समान बजेट’

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
म्याग्दे गाउँपालिका वडा नँ ५ को नवनिर्मित कार्यलयको उद्घाटन भएको छ । कार्यालयको बिहीबार गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् । अध्यक्ष रानाले गाउँपालिकामा सबै क्षेत्र तथा विषयमा समानुपातिक तवरले बजेट वितरण गरिएको बताइन् ।

अध्यक्ष रानाले चुनावमा जनतालाई दिएको वचन आफ्नो पालामा पुरा गरेको महशुस भएको भन्दै त्यो मुल्यांकन गर्ने अधिकार जनताको भएको बताइन् । गाउँपालिकामा भएको श्रोत साधन लाई परिचालन गर्ने ठाउँ धेरै भएकोले सबैलाई चित्त बुझाउन समस्या भए पनि पारदर्शी तरिकाले बितरण गर्दा समस्या नभएको उनको भनाइ थियो ।

‘ताराराजको अधुरो सपना पुरा गर्न अध्यक्ष’
स्व. ताराराज रानाले म्याग्देको विकास गर्दागर्दै अकस्मात स्वर्गवास हुनपरेको भन्दै उनले छाडेको अधुरो कामलाई पूरा गर्न अगाडि बढ्ने क्रममा गाउँपालिकाको अध्यक्ष बनेको रानाको भनाइ छ । वडा नं ५ को विकासको कुरा गर्दा आमा समुहको भवन बनाउने देखि पिच र स्वास्थ्य चौकी निर्माण सँगै पुलहरू बनाउन सफल भएको रानाले बताइन् ।

उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्दे स्थापनाको इतिहास आफैमा गौरब भएको बताए । हामी जनप्रतिनिधि भएर आउँदा रित्तो हात आएका थियौं , कार्यलय देखि कानुन केही पनि थिएन , त्यसलाई पूरा गर्न समय लाग्दापनि विकासका काममा सु?का बर्षमा केही ढिला भएको हो की भन्ने महशुस गरेको उपाध्यक्ष घिमिरेले बताए । तर पनि जनताले देख्ने गरि गाउँपालिकाले अहिले काम गरिरहेको घिमिरेको भनाइ छ ।

‘नागरिकको जीवनस्तर उकासिन्छ’
प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले सिंहदरबारको अधिकार गाउँमा भनेको नैँ वडा कार्यालय बन्नु र सेवा दिनु हो भन्दै अब नागरिकको जीवस्तर उकासिने र दु:ख पनि कम हुने बताए ।

राम्रो भवन बन्दैमा नागरिकले गुणस्तरीय र छिटो सेवा पाउँछन् भन्ने हुँदैन ! यसमा कर्मचारी र जनप्रतिनिधिले ध्यान पुर्याउनु पर्दछ अधिकारीको भनाइ छ । म्याग्देको सेवा प्रभाह अन्य पालिकाको भन्दा गुणस्तरीय छ भन्ने कुराको प्रमाणित त आन्तरिक स्वमुल्याकंनमा प्रथम हुनुले प्रमाणित गरेको छ अधिकारीले भने ।


वडा अध्यक्षहरू शिवशरण वाग्ले , चन्द्रबहादुर रानाभाट , श्रीबहादुर थापा , प्रेम बहादुर थापा , वसन्त थापा , पद्मराज वाग्लेले सुभकामना ब्यक्त गरेका थिए ।


नेकपा एमालेका भिमबहादुर विक , नेपाली काङ्ग्रेसका रामभक्त घिमिरे , नेकपा माओवादी केन्द्रका दिलबहादुर नेपाली , राप्रपाका हितमान कायस्थ लगायतले पार्टीको तर्फबाट मन्तब्य राखेका थिए । उद्घाटन कार्यक्रम म्याग्दे ५ का अध्यक्ष शिव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य चिनिमाया थापा र योजना शाखाका प्रमुख श्रीराम खनालले बोलेका थिए ।

उद्घाटन कार्यक्रम सम्पन्न पश्चात् बसेको म्याग्दे गाउँपालिकाको ११ औँ गाउँ सभा बैठक विभिन्न निर्णय गरि सम्पन्न भएको छ । गाउँसभाले केही बजेट संसोधन सम्बन्धि निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

यस्तै कर्मचारी समायोजन ब्यबस्थापन र डम्पिङ साइड स्थान ब्यबस्थापन लगायतका १२ वटा निर्णय भएको प्रमुख अधिकारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्