शुक्लागण्डकीमा संक्रमणको बढ्दो ग्राफः गर्भवतीसहित थप २ मा संक्रमण

  • ख-
  • ख+

दुलेगौंडाः १७ जनामा संक्रमण देखिएको भोलिपल्ट शुक्लागण्डकी नगरपालिकामा थप दुईमा संक्रमण भेटिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि गएकी ३० वर्षिया महिलासहित दुई जनामा संक्रमण भेटिएको पुष्टि गरेको हो ।

ती महिला शुक्लागण्डकी ६ बस्दै आएकी भारतीय नागरिक हुन् । उनीहरु लक डाउनमा पनि यहीं थिए ।

यसैगरी भारतबाट घर फर्किएका शुक्लागण्डकी ७ का ३९ वर्षका व्यक्तिमा पनि संक्रमण भेटिएको छ । उनी केही दिन अघि घर फर्किएका थिए । होम क्वारेन्टिनमा बसेका उनको रिपोर्ट पोजेटिभ भेटिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी