शुरु भयो दशैंः आज घटस्थापना

  • ख-
  • ख+

काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ बिहीबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।

बडादशैँको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
ने

घटस्थापनाको साइत ११ः४६ बजे
पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार यसपाली घटस्थापनाको साइत मध्याह्न ११ः४६ बजे छ ।
दशैंको उमंग शुरु
घटस्थापनासँगै दशै पर्वको उमंग शुरु भएको छ । दशैं मान्ने तथा नमान्नेले समेत यसलाई सामाजिक रुपमा मान्ने र पहलो दिन घटस्थापना भएकाले दशैंको उमंग शुरु भएको छ । तर, सरकारले जोखिम कायमै रहेकाले दशैं मनाउँदा स्वास्थ्य मापदण्ड ख्याल गर्न र भिडभाड नगर्न आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी