विपन्न बालबालिकालाई जेसिआई व्यासनगरको सहयोग

  • ख-
  • ख+

दमौली : जेसिआई व्यासनगरले बिपन्न बालबालिकालाई विभिन्न सामाग्री सहयोग गरेको छ । जेसिआइ व्यासनगरले बार्षिक रुपमा गरिने जेसिज सप्ताह कार्यक्रम अन्तर्गत बुधबार १८ जना बालबालिकालाई झेला,स्टेशनरी,खाजा लगायतको सामान सहयोग गरेको थियो ।

व्यासनगरपालिका १३ र १४ को सिमनामा पर्ने शितला प्राथामिक विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई सहयोग गरेका थिए । त्यसै विद्यालयमा अध्ययनरत अति बिपन्न बालबालिकाहरुलाई झोला लगायतका सामाग्री बितरण गरिएको जेसिआइ व्यासनगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिए ।

जेसिआई व्यासनगरले पछिल्लो समय विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय भएर काम गर्दै आएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी