ट्राफिक चोकमा ७ बजे नैं असुरक्षित महिला

  • ख-
  • ख+

विकास खनाल दमौली : साँझ ७ बज्दै थियो, दमौलीमा शिक्षक सेवा आयोगको कक्षा लिएर गुणादीकी रमा थापा घर फर्कन ट्राफिक चोकमा गाडी कुर्दै थिईन । धेरै बेर बसको प्रतीक्षा गरेकि, रमा उभिए नजिकै कालो रङको कार आएर रोक्यो ।

उनलाई त्यो कार तर्फ ध्यान गएन, किनकि त्यो कार अन्य कुनै कामले रोकेको होला भन्ने ठानिन् । तर कारमा आएका पुरूषले अपरिचित रमा लाइ कहाँ पुग्ने हो जाम हामी लगिदिन्छौ भने । नचिनेका मानिसले लगिदिन्छौ भन्दा रमा अकमकिइन् र जान्न भनिन् । हुनत घरमा जानैपर्ने थियो तर तिनिहरूको नियत राम्रो लागेन रमालाइ , त्यहीँ माथि ३ जना पुरूष मात्रै ,साँझको बेला , उनी अन्य बस कुर्ने सुरमा यताउता गर्न खोज्दा कारवाट ती पुरूष झरे र केही दबाव दिए जसरी जाम भन्न थाले । उनी मानिनन् , नमानेपछि केही जवर्जस्ति जसरी नि जानैपर्छ भन्ने ब्यबहार देखाए ।

त्यहिक्रममा नमानेपछि पाखुरामा तान्ने प्रयास गरे , रमा झस्किइन् , अफ्ट्यारो मानिन् र प्रतिकार गरिन् । नजिकै रहेका प्रहरीले थाहा पाउने भय र रमाको प्रतिकारले उनिहरू हच्किए र गाडी कुँदाए । यो घटनाले रमाको मनमा धेरै कुरा खेल्यो , सदरमुकामको ठाउँ ,त्यसमाथि मुख्यचोकमा सँसांझै महिला माथि गरिएको त्यस किसिमको ब्यबहार र पुरूषले महिलालाई हेर्ने दृष्टिकोण १ के अहिलेसम्म पनि महिलाहरू सुरक्षित छैनन् १ रमाको मनमा यिनै प्रश्न तेर्सिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्