‘ट्रि हाउस’ जान अब हिंड्न नपर्ने

  • ख-
  • ख+

विकास खनाल
गुणादी :
म्याग्दे २ स्थित ज्यान्ट्याङ सामुदायिक वनमा निर्मित ‘ट्रि हाउस’
हरित पार्क पुग्नका लागि अब हिंड्न नपर्ने भएको छ । बाटो भत्कंदा पृथ्वीराजमार्गको छेउमा सवारीसाधन राखि हिंड्नुपर्ने बाध्यता रहेकोमा अब हिँड्नु नपर्ने भएको छ । साना सवारीसाधन तथा मोटरसाइकल पार्कमा पुगेपछि हेर्न आउने पर्यटक हरू लाई थप सुविधा मिलेको अध्यक्ष ईश्वर रानाभाटले बताए ।

बाटो राम्रो भएन बनाउनुपर्याे भनेर धेरै जनाको गुनासो आएको सन्दर्भमा अब त्यो समाधान भएको रानाभाटले बताए । अहिले पार्क ब्यबस्थापन तथा अधुरा पुर्वाधार निर्माणको अन्तिम काम भइरहेको र दसै अगाडि नै सकि गण्डकी प्रदेशका मुख्य मन्त्री ल्याएर भब्य रूपमा उद्घाटन गर्ने तयारी गरिएको अध्यक्ष रानाभाटले बताए ।

गेट बनाउने , तारबार कम्पाउण्डिङ गर्ने रङ्ग रोकन गर्ने काममा लागेका छौँ उनले भने । यस्तै ट्रिहाउस हेरचाह र रेखदेखका लागि एकजना गार्ड समेत राख्ने उनले जानकारी दिए । अहिले समग्र ब्यबस्थापनको लागि ३० रुपैयाँ शुल्क लिन थालिएको स्थानीय अगुवा युवा संगम रानाभाटले बताए ।
पार्कमा अहिले टिकटक बनाउन र फोटो खिच्न दैनिक सयौँको संख्यामा मानिसहरू आउने गरेको अर्का युवा सन्जिव रानाभाटले बताए ।

डिभिजन वन कार्यलय र सब डिभिजन वन कार्यलय तथा ज्यान्ट्याङ पधेरि खोला सामुदायिक वनको संयुक्त लगानीमा हरित पार्क ( ट्रि हाउस ) निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ ।

सब डिभिजनको १२ लाख ५० हजार र ज्यान्ट्याङ सामुदायिक बनको २० प्रतिशत लगानीमा हरित पार्क निर्माण भएको हो । ट्रि हाउस , पानीको फोहोरा निर्माण अन्तिम चरणमा रहेको र पिकनिक स्पोर्ट बन्दै गरेको ट्रि हाउस संरक्षणमा लागेका सन्जिवले बताए ।

‘हामीले बत्ती जडान गरेर रातको समयलाई आकर्षक पारिसकेका छौँ , अब बाँकी पुर्वाधार पनि छिट्टै सम्पन्न गर्ने गरि काम गरिरहेका छौँ ,’ रानाभाटले भने । पार्क निर्माण सम्पन्न पश्चात् पिकनिक खाने , हेर्न आउने , फोटो खिच्ने र टिकटक बनाउन आउने मानिसको अझै भीड लाग्ने विश्वास स्थानीय अगुवाहरू को छ । पार्कको संरक्षण र रेखदेखका लागि छिट्टै छुट्टै समिति बनाउने योजना रहेको सन्जिव रानाभाटले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी