रक्तचाप बिरामी मिठूलाई नबिल बैंकको उपहारः ढुंगो खोज्दा देउता मिल्यो

  • ख-
  • ख+

देव गजमेर
दमौलीः
नबिलमा खाता खोलेका एक बिरामीले उपचारका लागि तीन लाख खर्च पाएका छन् । तनहुँ जलविद्युत आयोजनाको ठेक्का पाएको सीनो हाईड्रो कर्पोरेशन लिमिटेडका कर्मचारी व्यास ४ का मिठु गुरुङ बिरामी परे पछि उनलाई बैंकले नबिल केयर योजनाअन्र्तगत उपचार खर्च दिएको हो ।

गल्बुबेसी टोल बस्दै आएका उनी गत असोज १५ गते उच्च रक्तचाप भए पछि बेहोस भएका थिए ।
त्यसयता काममा जान नसकेर उपचार गराइरहेका उनको उपचारका लागि बैंकले आफ्नो खाता योजना अन्र्तगतको उपचार खर्च दिएको शाखा प्रवन्धक विशाल डंगोलले जानकारी दिए ।

आफु संग चेक,एटियम कार्ड नभएकाले पैसा झिक्न गएका परिवारबारे थाहा पाए पछि बैंकका शाखा प्रवन्धक विशाल डंगोलले नबिल केयर योजनामार्फत उपचार खर्च पाइने भन्दै सबै प्रक्रियामा सघाएका थिए ।

हाल उपचाररत उनले खर्च पाए पछि भावुक हुँदै पत्नी सीता धिमालले भनिन्, ‘उहाले नै सवै प्रक्रिया मिलाई दिनु भयो हामीलाई त थाहा नै थिएन । बैंकलाई मुरी मुरी धन्यवाद ।’
नविल बैक शाखा प्रमुख विशाल डंगोलका अनुसार खर्च बढी भए पछि गुरुन परिवार रकम झिक्न आएका थिए । उनीहरुसँग चेक पनि थिएन ।

पैसा झिक्न चेक माग्न आएका परिवारलाई शाखा प्रवन्धक धिमालले उपचार गराएर आए पछि सघाउने बचन दिए । उनले खोलेको खाताले १३ रोगको उपचारमा रकम पाउने भए पछि शाखा प्रवन्धक डंगोलले योजनाअनुसार पाउने रकम दिए ।

खातामा ३५ हजार बढी हुने व्यक्तिले पाउने सुविधा डंगोलले तलब जम्मा गराउँदा पाएको डंगोलले बताए । डंगोल पर्याप्त जानकारी नहुँदा सुविधा पाउने विषयमा समेत चासो कम राख्ने गरिएको तर आफूहरुले सकेसम्म जानकारी र आवश्यक सहयोग गरिरहेको बताए ।

बचत खातामा रकम भए पछि बीमा र अरु कुनै कागजी झण्झटबिना नै राहत पाए पछि अहिले
गुरुङ परिवारको ठूलो संकट टरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी