
बढी र पहिरोको त्रास
दमौलीः तनहुँ प्रशासनले पाँच दिनसम्म नदी किनारमा नजानका लागि नागरिकमा आग्रह गरेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासनले उत्तरपूर्व बंगालको खाडीमा विकसित जलवायुको प्रभावले पाँच दिनसम्म नेपालमा मनसुन सक्रिय हुने देखिएको उल्लेख गरेको छ ।
मनसुन सक्रिय भए पछि देशका धेरै ठाउँमा लगातार वर्षा भै बाढी पहिरोको सम्भावना रहेको गृह मन्त्रालयको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्र प्राप्त भएको भन्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्वारा जारी पत्रमा नदी तथा खोला छेउ नजान र बाढी पहिरोको संवेदनशील क्षेत्रमा नबस्न र सावधानी अपनाउन आग्रह गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशका धेरै भागमा वर्षाको सम्भावना रहेको यस अघि नै उल्लेख गरिसकेको छ ।