कोरोना संक्रमणः २४ घण्टामा ११५४

  • ख-
  • ख+

काठमाडौं ः देशमा ११ सय ५४ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देशमा गएको २४ घण्टाभित्रका संक्रमितको संख्या बढेको देखाएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका छन् ।

नेपालमा सोमबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ६५ हजार २ सय ७६ रहेको छ ।

यससँगै देशमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।
देशमा हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्