गुणादीमा सवा ६ लाखमा ‘ टाइगर पार्क ‘

  • ख-
  • ख+

विकास खनाल
म्याग्दे: म्याग्दे गाउँपालिका १ गुणादीकाे बाघेटारीमा टाइगर पार्क निर्माण भएको छ । बाराही सामुदायिक वन उपभोक्ता समुहबाट निर्मित बाघेटारि बेलडाँडा गुणादीकाे हरित / टाइगर पार्ककाे डिभिजन वन कार्यलयका डिभिजनल वन अधिकृत काेमलराज काफ्लेले शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

पार्ककाे उद्घाटन गर्दै काफ्लेले सामुदायिक वनकाे काम अत्यन्तै सराहनीय भएको भन्दै प्रशंसा गरे । सामुदायिक बनमा अाबद्द सबैकाे मिलेमतो र एकरूपताले नैँ जुनसुकै काम पनि गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवम् वडा नँ १ का अध्यक्ष शिवशरण वाग्लेले वनले गरेको काम उत्कृष्ट भएकोले नैं डिभिजन वनले सहयोग गरेको बताए ।

वनका अध्यक्ष मुक्तिनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा विनाेददत्त खनाल , पुष्पराज खनाल , बलभद्र वाग्ले , केशिमाया अाले , थममाया विक , विनोद खनाल , मनाेज रानाभाट , नरनाथ खनाल , बिजय राज खनाल , तथा बिकास राज खनाल , देउमाया थापा लगायतले बाेलेका थिए ।
वक्ताहरूले गाउँपालिका भित्रका ७ वटै वडाका विभिन्न ठाउँहरूमा पर्यटकीय गन्तव्य स्थल बनाउने याेजना अन्तर्गत बाघेटारिमा पनि याेजना परेको बताएका थिए । साथै उनिहरूले वन र टाइगर पार्क क्षेत्र
नेपालकाे बीचमा पर्ने यसै क्षेत्र हुँदै गएको पृथ्वी राजमार्गबाट पर्यटकहरू पुर्वपश्चिम घुमिराख्ने हुँदा पार्कमा पर्यटकहरूलाई राेकाउन सक्नुपर्ने बताए ।
हरितपार्क एवम् टाइगर पार्क
डिभिजन वन कार्यलयकाे ५ लाख रुपैयाँ सहयोग तथा बाराही सामुदायिक वन समुहकाे १ लाख २५ हजारमा निर्माण भएको हो ।
सब डिभिजन वन कार्यालय गुणादीकाे प्राविधिक सहयोगमा सम्पन्न पार्कनजिकै मिनि रकक्लाइमिङकाे समेत सम्भावना रहेको छ साथै मिनि चिडियाखाना बनाउन र पिकनिक स्थल बनाउन पनि पार्क क्षेत्र उपयुक्त रहेको छ । पार्कबाट हिमाल समेत हेर्न सकिने भएकोले निकै रमणीय भएको काफ्लेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी