
मलाई पत्र लेख्ने कोसिज नगरी दिनु
मत तिम्रो लागि विरानो भई सकेको छु
म संग सगै जिउने आसा नगरि दिनु
मत कसैको जिवन साथी भई सकेको छु
मेरो सपनाहरु देख्ने बानी नगरि दिनु
मत कसैको न्यानो अंगालोमा बाधि सकेको छु
मलाई फोन गर्ने आँट नगरि दिनु
मत सरुवा भएर अन्तै गई सकेको छु
अनि……………अनिनी……………..
मलाई देखेर अतितका माया सम्झने नगरि दिनु
मैले त खाली सिंउदोमा सिंन्दुर भरि सकेको छु
अनि……….त्यसैले………………
उसले धोका दियो भनेर धोकेवाज नभनि दिनु
मैले त उहि सामाजिक परम्परालाई अंगाल्न बाध्य भई सकेको छु











