रोटरीद्वारा समुदायलाई चुँदेर खानेपानी हस्तान्तरण

  • ख-
  • ख+

दमौलीः रोटरी क्लब दमौलीको पहलमा थालिएको चुँदेर पँधेरी खोला खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको छ । रोटरी क्लब अफ होनोलुल सनसेट, व्यास नगरपालिका, व्यास नगरपालिका वडा नं ५ र रोटरी क्लब अफ दमौलीको सहयोगमा व्यास–५चुँदेरमा निर्माण सम्पन्न भएको खानेपानी योजना विहीवार उद्घाटन गरि समुदायलाई हस्तान्तरण गरिएको छ ।

१८ महिना अघि शिलान्यास गरिएको आयोजनाको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका निवर्तमान डिष्ट्रिक गर्भनर राजीव पोख्रेल र व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरे । सोही अवसरमा प्रमुख अतिथि पोख्रेलले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर देशभर विश्वभरको अनुदान कार्यक्रम ग्लोबल ग्राण्टका परियोजना गरिएको बताए ।

सोही परियोजना अन्तर्गत रोटरी दमौली र रोटरी क्लब अफ होनोलुल सनसेटले चुँदेर गाँउमा पनि खानेपानी योजना सफल पारेको बताए । नगरप्रमुख न्यौपानेले पानीकै कारण विस्थापित भएका आफन्तलाई गाँउ फर्काउन अनुरोध गर्दै नगरपालिका रोटरीसँग मिलेर चुँदेरमा थप काम गर्न इच्छुक भएको बताए ।
साथै न्यौपानेले यस खानेपानी योजनालाई अष्ट ज युएसएका अध्यक्ष तथा अष्ट ज अनुसन्धान तथा विकास केन्द्र नेपाल (आरडिसी) का पूर्वअध्यक्ष डा. दुर्गादत्त पौडेलले विशेष सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले योजना सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यसको संरक्षणमा स्थानीय आफै जुटनुपर्ने आवश्यकतामा जोड दिए ।

खानेपानीको अभावमा धेरै गाँउबाट विस्थापित भए, अहिले ढिलै भएपनि गाँउमा पानी आयो खुशी छौँ स्थानीय दलबहादुर रानाले भने । ‘खानेपानीको जोहो गर्न हाम्रा आमादिदि बहिनीले धेरै समय खर्चिनु परेको थियो, अब घरघरमै खानेपानी आएको छ, यसबाट हामी धेरै उत्साहित भएका छौँ’ उनले थपे ।

कार्यक्रममा इन्टरनेशनल पार्टनर रोटरी क्लब अफ होनोलुल सनसेटको तर्फबाट डा.दुर्गादत्त पौडेल, अर्जुन अर्याल र मार्क हरविन्सनले अमेरिकाबाट खष्चतगबििथ जुम मार्फत चुँदेर खानेपानी आयोजनाका बारेमा आ–आफ्नो धारणा राखेको रोटरी क्लब अफ दमौलीकी सचिव बिना कैनीले जानकारी दिइन् ।

कार्यक्रममा व्यास–५का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ, अष्ट जका प्रतिनिधि विदुर कोइराला, परियोजनाका इन्जिनियर प्रकाश शर्मा लगायतले पनि योजनाका बारेमा धारणा राखेका थिए ।इलेक्टिक लिफटिङ प्रविधिको प्रयोग गरी ८ सय ४५ मिटर दुरीको मुहानबाट पानी ल्याई ३ वटा टयाङ्कीमा संकलन गरी प्रत्येक घरमा खानेपानी वितरण गरिएको छ । ५० घनमिटर, २० र २ घनमिटरको टयाङ्कीमा प्रत्येक एक घण्टामा १० हजार पानी संकलन हुनेछ ।

कार्यक्रममा जग्गादाताहरु हेमा वाग्ले, रबि गौली र मनिषा गौलीलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्