बसले घर हान्दा त्रिपाल मुनि बास !

  • ख-
  • ख+

विकास खनाल
आाबुखैरेनीः
‘होटलको काम सकेर मज्जाले निदाएका थियौँ । रात छिप्पिंदै थियो । यस्तैमा भुकम्प आए जसरी घरमा ढ्याक ढ्याक आवाज आयो । टासिमा रहेका बियर लगायत रक्सिका बोतल भुइँमा झरेर बढ्याम बढ्याब गर्दै फुट्न थाले’, ठुलो आवाजले सुरज
मल्ल र उनको परिवार निन्द्राबाट झस्किंदै बिउझियो । “ बाहिर निस्किउ “ भुकम्प आएजस्तो छ भन्दै हतारिंदै चिच्याए । दुबै जना बाहिर निस्के ।
निस्कँदा निस्कँदै बस भाग्यो । रोक् रोक् भन्दै चिच्याउदा इप्रका आँबुका ट्राफिक प्रहरीपनि सडकमा निस्के । तर प्रहरीलाई पनि नटेरि बस भाग्यो । बस भागेपनि प्रहरीले बस नम्बर पत्ता लगायो । घटना १२ गते राति त्यस्तै ११ बजेको थियो । डुम्रे तिरवाट मुग्लिन तर्फ बस अगाडि बढ्ने क्रममा सुरजको होटल भएको घरमा बसले हानेर भागेको थियो । बसले हान्दा घरको अधिकांश भागहरू चर्केको , भत्केको , फुटेको घर एवम् होटल सञ्चालक सुरज मल्लले बताए ।

क्षतिपूर्तिमा भएन सहमति
सटर पनि सबै भत्किएर अस्तब्यस्त भएकोले त्रिपाल हालेर कष्टकर रूपमा दैनिकी गुजार्दै ४ दिन बिताउँदा पनि अझै बसको साहु र सञ्चालक समितिका मानिसले गम्भीरता नदेखाएको मल्लले बताए । पिल्लरको भाग पनि चर्केको छ , अब पुनर्निर्माण नगरी बस्न मिल्दैन , चाडै क्षतिपूर्ति दिए चाडै बनाएर ब्यबसाय सञ्चालन गर्न पाइन्थ्यो मल्लले भने । दुई दिन छलफल गर्दापनि क्षतिपूर्तिको बारेमा सहमति भएको छैन । मेरो आशिस होटलको मात्रै १ लाख ६१ हजारको क्षति भएको छ , त्यो घटना सम्झदै मल्लले भने धन्न ठुलो दुर्घटनाले बाच्यौ , मानविय क्षति हुन पाएन ।

मल्लको सँगै टोल सुधारको भवन , ढावा होटल सहित ४ वटा घरमा क्षति पुगेको उनले जानकारी दिए । गत १२ गते पृथ्वी समितिको ८८२५ नम्बरको बसले घरमा हानेको थियो । स्थानीयका अनुसार बस वास बस्नको लागि मुग्लिनमा रोकिराखेको थियो , चालक खाना खाजा खाइवरि सुत्ने तरखरमा हुँदा सहायक चालकले मादक पदार्थ सेवन गरेको तालमा चाबी मागि बस ग्यारेजमा थन्क्याउने भनेर हाइवेतिर कुदाउँदै आवुखैरेनीतिर ल्याएका थिए । त्यहिक्रममा आँबुखैरेनीबाट फर्कने भनी आत्तिदै बस चलाउँदा बस घरमा ठोक्किन पुगि दुर्घटना भएको थियो, जसले अहिले परिवारका त्रिपालमुनि बास बनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्