मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री थापा

  • ख-
  • ख+

पोखरा : गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताइका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको ‘मानव अधिकार मैत्री पत्रकारिता विषयक तालिम’ तीन दिने कार्यक्रममा बोल्दै मन्त्री थापाले समाचार लेखनमा मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोग हुनुपर्ने बताए ।

मानव अधिकारको विषय पत्रकारिताका लागि ज्यादै संवेदनशील र गम्भीर भएको उल्लेख गर्दै मन्त्री थापाले समाचार संकलन तथा सम्प्रेषण, प्रस्तुति र प्रभावमा बिशेष ध्यान दिनुपर्ने आवश्यकतालाई औंल्याए । मानव अधिकार उल्लंघनको घटनाको ठुलो समाचार बनेपनि संरक्षण भएको विषयको भने सानो समाचार बन्ने गरेको भनाई मन्त्रीको थापाको छ ।

‘पत्रकारको काम जनतालाई सुसूचित मात्र होइन मानवअधिकारको वकालत गर्नु पनि हो’, उनले भने,‘सरकारका राम्रा पक्षका बारेमा पनि जनतालाई सुसूचित गराउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ ।’

मानव अधिकार सम्बन्धि सैद्धान्तिक ज्ञानको अभावमा निष्पक्ष समाचार सम्प्रेषण गर्न नसकिने मन्त्री थापाले बताए । प्रदेशको आम सञ्चार विद्ययक सञ्चारमैत्री बनाइने मन्त्री थापाले बताए । सञ्चार विद्ययक विधायन समितिमा भएकाले सबैको सल्लाहमा नेपालकै उत्कृष्ट बनाइने भनाई उनको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी