मोटरसाईकलको ठक्करबाट देउरालीमा पैदलयात्रीको मृत्यु

  • ख-
  • ख+

दमौलीः व्यास १२ देउरालीस्थित पृथ्वी राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ ।

छिर्कनेबाट दमौली तर्फ आउदै गरेको ग १६ प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्री स्थानीय ७२ वर्षिया चेतकुमारी जैशीको ज्यान गएको हो ।

उनलाई उपचारका लागि रत्नहरि अस्पताल दमौली ल्याइएकामा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्