कांग्रेस ऋषिङ अधिवेशन: सभापतिमा तिलबहादुर निर्वाचित

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेस ऋषिङ गाउँपालिका सभापतिमा तिलबहादुर थापा निर्वाचित भएका छन्।

सोमबार भएको निर्वाचनमा कुल खसेको १५९ मत मध्ये सभापतिमा तिल बहादुर थापा ९५ मत ल्याएर निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी भोजराज रानाभाटले ३८ तथा दानबहादुर श्रेष्ठले १२ मत पाए ।

पार्टीको सचिवमा विजय दरै १११ मत ल्याएर विजयी भएका छन् ।
यसैगरी,  सचिवमा सुरज कुमार श्रेष्ठ ७९ मत ल्याएर विजयी भए ।
पराजित सुभासुन रानाले ५२ र लालबहादुर थापा २५ मत पाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी