
सुमन श्रेष्ठ
केशवटारः व्यास १४ का युवाले दुवै मृगौला फेल भएर उपचारका लागि आर्थिक सहयोगको प्रतिक्षा गरिरहेका सन्तोष रानालाई छ लाख ५८ हजार ८२४ रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।
६ महिनायता दुवै मृगौला फेल भएर समस्या झेल्दै आएका रानाको मृगौला प्रत्यारोपणका लागि चाहिने खर्च धान्न सक्दैन । सामान्य आर्थिक अवस्थाका २६ वर्षका रानाको उपचार रोकिएपछि सुभेच्छुकले सहयोग संकलन गर्दै आएका थिए।
उनको उपचारका लागि व्यास १४ का युवाहरुले युवराज आलेको संयोजकत्वमा सन्तोष राना बचाउ अभियान शुरु गरेर स्वदेश तथा विदेशमा रहेका सुभेच्छुकबीच आर्थिक संकलन थालेको थियो। छोटो समयमै उत्साहजनक आर्थिक संकलन भएको संयोजक आलेले बताए ।
उनीहरुले संकलित रकम व्यास १४ का वडा अध्यक्ष काजीमान श्रेष्ठ तथा संयोजक आलेले सहयोग रकम परिवारलाई हस्तान्तरण गरे ।
उनले अभियान सञ्चालन गर्ने युवाले सराहनीय काम गरेको भन्दै प्रशंसा गरे ।
वडाध्यक्ष श्रेष्ठले नगद आर्थिक सहयोगका लागि स्वदेश तथा विदेशबाट सहयोग गर्ने सहयोगी दाताप्रति आभार प्रकट गरेको सहयोग संकलन अभियानका सक्रिय सदस्य गोकुल थापाले जानकारी दिए।