कांग्रेस शुक्ला अधिवेशनः रेग्मी प्यानल विजयी (मतसहित )

  • ख-
  • ख+

दुलेगौंडाः नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिकाको उप सभापतिसहितका पदमा कृष्ण रेग्मी प्यानल विजयी भएको छ ।

शनिबार राती अबेर सम्पन्न मतगणना परिणामअनुसार उप सभापति उम्मेदवार रेग्मीले एक सय ५४ मत पाए । अर्की उम्मेदवार भीमा देवीले एक सय ४ मत पाइन् ।

सचिवमा दिपेन्द्र पौडेल एक सय ४१ त्था मदन श्रेष्ठ एक सय ६ मतका साथ विजयी भए । सह सचिवमा भिष्म श्रेष्ठ एक सय ४९ तथा राजेश खनाल एक सय २५ मतका साथ विजयी भएका छन् ।

सभापति पदमा यस अघि नै गोपीबहादुर गुरुङलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य प्रदीप पौडेल खेमाले साझा उम्मेदवार बनाएको शुक्लागण्डकीमा बाँकी पदमा रेग्मीको नेतृत्वमा मतदान भएको थियो । रेग्मी केन्द्रीय सदस्य प्रदीप पौडेलनिकट मानिन्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी