कांग्रेस ऋषिङ अधिवेशनः सहमतिका लागि तरुण दलले दबाब दिए पछि निर्वाचन प्रक्रिया स्थगन

  • ख-
  • ख+

ऋषिङः नेपाली कांग्रेस ऋषिङ गाउँपालिकाको अधिवेशन सहमतिका लागि भन्दै स्थगन गरिएको छ ।

सबै वडामा सबै पद सर्वसम्मत भए पनि गाउँपालिका सभापतिका लागि मतदान हुन लागेको भन्दै तरुण दलले विरोध जनाए पछि मतदान प्रक्रिया स्थगित भएको हो ।

गाउँपालिका सभापति पदका लागि दानबहादुर श्रेष्ठ, तिलबहादुर थापा र भोजराज रानाभाट नेतृत्व दौडमा थिए ।

तरुण नेता जीवन चन्द ठकुरीले सबै पदमा सहमति गरे पनि सभापति पदमा मतदान भएमा त्यसले कांग्रेस एकता बिग्रने र स्थानीय चुनावमा नराम्रो असर पार्ने भन्दै सहमतिका लागि दबाब दिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी