कांग्रेस आँबु अधिवेशनः सभापतिमा विष्णु पन्त निर्वाचित

  • ख-
  • ख+

आँबुखैरेनीः नेपाली कांग्रेस आँबखैरेनी गाउँ कार्यसमितिको सभापतिमा विष्णु पन्त निर्वाचित भएका छन् ।

अधिवेशनअन्र्तगत शनिबार भएको मतदानमा प्रत्यासी प्रितम गुरुङलाई पराजित गर्दै पन्त विजयी भएका हुन् ।

विजयी पन्तको ५६ र प्रत्यासी गुरूङको ४९ मत छ । पन्त केन्द्रीय सदस्य शंकर भण्डारी निकट मानिन्छन् ।

पार्टीको उप सभापतिमा विजय गुरुङ र कर्णबहादुर गुरुङ निर्वाचित भएका छन् । सचिवमा दिनेश केसी र चेतबहादुर थापा सर्वसम्मत भएका छन् ।

सह- सचिव पदमा दिपक कुमार श्रेष्ठ र कुमार गुरुङ
सर्वसम्मत भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी