
दमौली: अदालतबाट सजाय भएर पनि कार्यान्वयन नभएका विभिन्न मुद्दाका २५ व्यक्तिलाई तनहुँ प्रहरीले पक्रेको छ ।
पक्राउ परेकाहरु जरिवाना तथा कैद सजाय फैसला भएका व्यक्तिहरु रहेको तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले बताए । ‘सबै २५ जना आजै पक्राउ परेका हुन्,’ उनले भने,‘मातहतक प्रहरी कार्यालयबाट सबैलाई नियन्त्रणमा लिइएको हो ।
यसरी पक्राउ परेकामा बहु विवाह देखि, डाँका, लागूऔषध, कुटपिट, जालसाँजी, सम्बन्ध बिच्छेद आदि मुद्दाका सजाय नभोगेका व्यक्तिहरु छन् ।
तनहुँ प्रहरीले पछिल्लो समय अदालतका फैसला कार्यान्वयनमा चासो दिंदै आइरहेको छ । यस अघि पनि एकै पटक ३३ जनालाई पक्राउ गरिएको थियो ।
यसरी पक्राउ परेकामा बहु विवाह देखि, डाँका, लागूऔषध, कुटपिट, जालसाँजी, सम्बन्ध बिच्छेद आदि मुद्दाका सजाय नभोगेका व्यक्तिहरु छन् ।
अधिकांशलाई अदालतमा उपस्थित गराइएकामा उनीहरु जरिवानापश्चात अदालतको आदेशबाट कारागार चलान भएको तिमल्सेनाले बताए ।