कांग्रेस व्यास नगर अधिवेशनः डा. न्यौपानेले उम्मेदवारी फिर्ता लिए

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस व्यास नगर सभापतिका प्रत्यासी डा. शेषरमण न्यौपानेले आाफ्नो दावेदारी त्यागेका छन् । सामाजिक सञ्जालमा एक लामो स्ट्याटस लेख्दै उनले आफूले पदको दाबेदारी त्यागेको बताए ।


‘आम सदस्यहरूबाट प्रगाढ माया पाएर पनि नेतृत्वको आग्रहलाई स्वीकार गर्नु आफ्नो कर्तव्य ठानी यस पदको आकाङ्क्षा यस पटकका लागि फिर्ता लिएको छु,’ न्यौपानेले लेखेका छन् ।

तर पनि आगामी चुनावमा अरु कुनै पदमा आउने संकेत गर्दै उनले आगामी दिनमा पार्टीका साथीमाझ निरन्तर आउने उल्लेख गरेका छन् ।


डा. न्यौपानेले विगत एक वर्षदेखि नगरपालिकाका १४ वटै वडाहरूको भ्रमण र नेपाली काँग्रेसका सदस्य र शुभचिन्तकहरूसँगको भेटघाटबाट मैले पाएको शिक्षा र माया मेरा जीवनका अमूल्य सम्पदा बनेर रहने उल्लेख गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी