कांग्रेस शुक्ला अधिवेशनः सभापतिमा गोपीबहादुर निश्चित, रेग्मी उपसभापतिसहित गुरुङद्वारा अर्को प्यानल घोषणा

  • ख-
  • ख+

दुलेगौंडाः नेपाली काँग्रेसको शुक्ला नगर सभापतिमा गोपीबहादुर गुरुङ अधिवेशनपूर्व नै सर्वसम्मत घोषित भएका छन् । अधिवेशन अघि दुई फरक फरक समूहले सभापतिमा घोषणा गरे पछि उनी सर्वसम्मत हुने निश्चित भएको हो ।

यस अघि वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहले सभापतिमा प्यानल घोषणा गरेको भोलिपल्ट कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल निकट समूहले गुरुङकै नेतृत्वमा अर्को प्यानल घोषणाा गरेको छ ।

नयाँ प्यानलमा उप–सभापतिमा कृष्णप्रसाद रेग्मी छन् । क्षेत्रीय सभापति किसान गुरुङको समर्थन रहेको उक्त समुहले गुरुङको नेतृत्वमा प्यानललै घोषणा गरेको हो । सो समूहबाट अर्को उप सभापतिमा भीमादेवी खत्री (मञ्जुं), सचिवमा शिवराज रेग्मी, दिपेन्द्र पौडेल, सह सचिवमा राजेश खनाल र भीष्म श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् ।


यस अघि वरिष्ठ नेता पौडेलनिकट प्यानलमा उप सभापतिमा बालकृष्ण पौडेल, सपना पराजुली, सचिवमा मदन श्रेष्ठ र धिरजविक्रम खाँडको नाम सार्वजनिक भएको थियो ।

रेग्मी सभापति लड्ने चर्चा भएका बेला गुरुङकै नेतृत्वमा उप सभापति रहने गरी प्यानल घोषणा भए पछि त्यहाँको राजनीतिमा नयाँ तरंग आएको छ ।

घोषणा कार्यक्रममा पार्टी क्षेत्रीय सभापति किसान गुरुङसहित नेताहरु कृष्णप्रसाद गौतम, कृष्णराज पण्डित, तरुण दल अध्यक्ष बिरु थापालगायत उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी