कोरोना परीक्षण व्यासकै कोभिड ल्याबमा शुरु

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले आफ्नै कोभिड प्रयोगशालाबाट नमूना परीक्षण थालेको छ ।

व्यासको सक्रियतामा तनहुँका सबै तहको सक्रियतामा तयार व्यास १० दुम्सीस्थित कोभिड ल्याबले औपचारिक रुपमा कोरोना परीक्षण थालेको हो ।
ल्याबको गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री मधुमाया अधिकारीले उद्घाटन गरेकी थिइन् । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले कोभिड संकटका बेला परीक्षण नै हुन नसकेका बेला थालिएको ल्याबको कामले अब सार्थकता पाएको बताए ।

एक करोड ३२ लाख रुपैयाँमा स्थापित ल्याबका लागि संघ सरकारबाट २५ लाख, प्रदेश सरकारबाट ५० लाख तथा व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट २१ लखसहित एक करोड बढी संकलन भएको थियो ।
यसका अलावा अन्य तहहरुले पनि ल्याबका लागि रकम लगानी गरेका छन् । ल्याबले पहिलो दिन नौ नमूनाको परीक्षण थालेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

अब नियमित रुपमा कोभिड परीक्षणका लागि पोखरा पठाउनुपर्ने बाध्यता टरेको छ । सोही ठाउँमा नगरपालिकाले कोभिड अस्पताल नयाँ भवनका लागि डेढ करोडको बोलपत्र आह्वान गरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी