महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा कोभिड बीमाको ५ लाख हस्तान्तरण

  • ख-
  • ख+

दमौलीः महालक्ष्मी लाईफ इन्स्योरेन्स दमौली शाखाले कोभिडका कारण निधन भएका एक बिमितको परिवारलाई पाँच लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको छ ।

ईन्स्योरेन्सबाट बीमा गराएका स्थानीय सनबहादुर नेपालीको निधनपछि उनकी पत्नी सोवितालाई रकम हस्तान्तरण गरिएको हो ।

भानु ५ मैबलस्थित निवासमा पुगेर वडाध्यक्ष प्रकाश मल्ल ‘टाइसन’को उपस्थितीमा रकम हस्तान्तरण गरिएको इन्स्योरेन्सका एरिया शाखा प्रवन्धक माधव न्यौपानेले जानकारी दिए ।

निधन भएको एक महिनाभित्रै रकम प्रदान गरिएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी