आगलागीमा सबथोक गुमाएका आँपस्वाँराका प्रेमलाई जेसिआई व्यास नगरको मलम

  • ख-
  • ख+

दमौलीः जेसिआई व्यास नगरले आगलागीमा परेर घर ध्वस्त भएका व्यास १३ आँपस्वाँरा निवासी प्रेम मगरलाई नगद तथा खाद्यान्न सहयोग गरेको छ ।

अध्यक्ष लक्ष्मीभक्त खनालको नेतृत्वमा गएको निवर्तमान अध्यक्ष भरतकुमार श्रेष्ठसहितको टोलीले घरमै पुगेर नगद २१ हजार सात सय ६५ तथा दुई बोरा चामल, तेल, दाललगायत सहयोग गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका मगरको घर आगलागीमा परेर सबै मालसामान समेत नष्ट भए पछि उनी पीडामा छन् । उनको पीडा कम गर्न भनेर स्थानीय एवं जेसिआई व्यास नगरका अध्यक्ष सल्लाहकार नवीन पुरीको सक्रियतामा सहयोग संकलन थालिएको थियो ।

अध्यक्ष खनालले क्लबका तर्फबाट सानो राहत भए पनि दिन पाउँदा खुशी लागेको भन्दै थप सुभेच्छुकबाट पहल हुने अपेक्षा गरे । सहयोग अभियानमा सक्रिय पुरीले अन्य सामाजिक संघ संस्थाबाट पनि सहयोग भएमा पीडित परिवारले राहत पाउने बताए ।

सहयोग ग्रहण गरेका मगरले घर तथा मालसामान जले पछि सुभेच्छुकको साथ पाएकाले आत्मबल मिलेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी