
दमौलीः नेकपा ( एकीकृत समाजवादी) व्यास ११ को वडा कमिटी गठन गरिएको छ । एक भेलाले व्यास ११ का डिलबहादुर कोईरालाको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
गठित कमिटीको उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा शर्मिला गैर,े उपसचिवमा विष्णु गौली छन् ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी जिल्ला सचिव श्रीराम कार्कीले केपि ओलीले कम्युनिष्ट आन्दोलन मास्न सामन्त गोयल संग रातारात साँठगाँठ गरी दुई दुई पटक संसद भंग गरेकाले नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताए ।

सबै देशभक्त क्रान्तिकारी र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद चाहनेहरु नेकपा ( एकीकृत समाजवादी) मा सामेल हुनुपर्ने बतए ।
कार्यक्रममा जिल्ला नेताहरु गजिन्द्र पन्थ, रनसिं नेपाली, भुपाल थापा, मनिमा राई, झलक पौडेल, हरिमाया बिक, किरण अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।