
दमौलीः व्यास नगरपालिकामा एक घरका दिदि बहिनी नै कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमा व्यास १० का एकै परिवारका २१ वर्षिया दिदि र १२ वर्षिया बहिनी छन् ।
जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा परीक्षणका लागि स्वाब दिएका दिदि बहिनी नै संक्रमित भेटिएका हुन् । उनीहरुले चार दिन अघि केन्द्रमा परीक्षणका लागि स्वाब दिएका थिए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु हाल पनि त्यहीं नै उपचाररत छन् ।
उनीहरुसँगै प्रदेशमा आईतबार ३१ जनामा संक्रमण भेटिएको थियो ।