८० लाखमा तिलाहार खानेपानी उद्घाटन, महिलाको छाती र पाठेघरको क्यान्सरको प्रदेश सरकारबाट उपचारः मुख्यमन्त्री पोखरेल

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल नेपाली द्वारा म्याग्दे गाउँपालिका वडा नँ ३ तिलाहारे स्थित कोइरालाथोक तिलाहारे भट्टराई थोक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवनिर्मित डिप बोरिङ एवम् खानेपानी ट्याङ्कीको समुद्घाटन भएको छ ।

खानेपानी ट्याङ्कीको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री पोख्रेलले बिकास भनेको नैं उपभोक्ता सचेत हुनु भएको बताए । जनता जागरूक भए मात्रै विकास सम्भव हुने पोख्रेलको भनाइ थियो । प्रदेश सरकारले सय दिने कामको बुलेट समेत प्रकाश पारेको उनले जानकारी दिए ।

प्रदेशले उज्यालो प्रदेश भनेर बिद्धुत तर्फ योजना अगाडि बढाएको ,
महिलाहरूमा रहेको छाति र पाठेघरको क्यान्सरको उपचार प्रदेश सरकारले गर्ने निर्णय भएको पोख्रेलले जानकारी दिए ।

यस्तै बेसहारा ब्यक्तिहरू सडकमा देख्न नपर्ने गरि काम अगाडि बढाएको समेत उनले जानकारी दिए । कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र पोख्रेल , प्रदेश सांसद दोवाटे विक , सरिता गुरूङ , काङ्ग्रेस नेता ध्रुव वाग्ले , जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले , म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याल , गण्डकी प्रदेश योजना आयोगका सदस्य डा .सुवासचन्द्र अधिकारी वडा अध्यक्ष श्रीबहादुर थापा , शोभा कोइराला , रामकृष्ण पौडेल, खमबहादुर गन्दर्भ लगायतले बोलेका थिए ।

सो अवसरमा योजनाका सल्लाहकार सदस्य बलराम भट्टराईले १ सय ४६ घर धुरिका ८ सय जना लाभान्वित हुने जानकारी दिए । भट्टराईले अहिले
५० हजार घनमिटर ट्याङ्की निर्माण गरिएको भन्दै सबै सहयोगी हरूलाइ धन्यवाद दिए ।

सो अवसरमा ट्याङ्की निर्माणका लागि जग्गा तथा अन्य सहयोग गर्ने शिवकुमार श्रेष्ठ, बाबुराम कोइराला, कृष्ण कोईराला लगायतलाई सम्मान गरिएको थियो ।

गण्डकी प्रदेश सरकार बाट प्राप्त ४४ लाख , म्याग्दे गाउँपालिका बाट २५ लाख २५ हजार र जनसहभागिता बाट ११ लाख १२ हजार रूपया गरि ८० लाखको लागतमा योजना सम्पन्न भएको उक्त अवसरमा जानकारी दिइएको थियो ।
अमृत गन्धर्वको अध्यक्षतामा भएको कार्यक्रममा आकर्सक गन्दर्भ नाच समेत देखाइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी