व्यास कार्यपालिका बैठकः फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रबाट प्रस्ताव माग्ने निर्णय

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि निजी क्षेत्रबाट प्रस्ताव माग गरेको छ ।

फोहोरमैलाबाट उर्जा उत्पादन तथा मल निर्माणसमेतका लागि विभिन्न क्षेत्रबाट प्रस्ताव आएको भन्दै नगरपालिकाले इच्छुक कम्पनी वा संस्थाहरुसंग लागत साझेदारीका आधारमा नियमानुसार प्रस्ताव माग गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । यस अघि पनि विभिन्न क्षेत्रबाट फोहोरमैला व्यवस्थापनसम्बन्धी प्रस्ताव आएको थियो ।

बैठकले स्नातक उतीर्ण बेरोजगार महिलाहरुको अनुदान वितरण सम्बन्धी मापदण्ड पारित गर्ने निर्णय गरेको छ ।

बालविकासका शिक्षकलाई साउनदेखि नै तलब

कार्यपालिका बैठकले व्यास नगरपालिका अन्तरगत कार्यरत बालबिकास शिक्षक, माविका लेखापाल र विद्यालयका कार्यालय सहयोगीलाई क्रमशः पन्ध्र हजार एक सय, पन्ध्र हजार पाच सय र चौध हजार पाँच सय रुपैयाँ श्रावण देखि नै पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी