कोशिशद्वारा महेन्द्र माविलाई स्वास्थ्य खेलकुद सामग्री सहयोग

  • ख-
  • ख+

म्याग्दे: कोशिश नेपालले महेन्द्र माविलाई स्वास्थ्य तथा खेलकुद सामाग्री सहयोग गरेको छ । बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच कोशिशले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिजयराज खनाल तथा प्रधानाध्यापक सोमबहादुर थापालाई सामग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामग्रीमा मास्क, सेनिटाइजर र सेनिटरी प्याड तथा खेलकुदमा भलिबल, फुटबल, ब्याडमिन्टन, स्पिकिङ, रबर रिङ, चेस, लुंडो सहयोग गरेको कोशिशका मनोविद विनय पाण्डेले बताए ।

तनहुँ जिल्लामा १२ वटा विद्यालयमा उक्त सामाग्री सहयोग गर्ने योजना अन्तर्गत बिहिवार महेन्द्र माविमा सामग्री हस्तान्तरण गरिएको अर्का मनोविद सरोज सिंखडाले बताए ।

विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामाग्री सहयोग प्रदान गरेकोमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिजयराज खनालले धन्यवाद प्रकट गरे । विद्यार्थीका लागि अति आवश्यक पर्ने सामग्री पाएका छौं, यसले अतिरिक्त कृयाकलापका लागि निकै सहयोग पुर्याउँछ र हामीले तत्कालै प्रयोगमा ल्याउँछौ,’ खनालले भने ।

शिक्षक र अभिभावकको लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत सो अवसरमा गरिएको मनोविद विनय पाण्डेले बताए ।

कार्यक्रममा बिद्यालयका प्रअ सोमबहादुर थापासँगै विद्यालय ब्यबस्थापन समितिका सदस्य , अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी