दमौली खुला मैदान संरक्षणका लागि ‘म्यांगो स्टिन’ रोपण (तस्बिरहरु )

  • ख-
  • ख+

दमौलीः दमौली खुला मैदानमा वृक्षारोपण गरिएको छ । व्यास नगरपालिकाको आयोजनामा दमौली सेन्ट्रल पार्कका रुपमा अवधारणा अघि बढाइएको खुला मैदानको किनारामा वृक्षारोपण गरिएको हो ।


जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यमा समन्वय उप प्रमुख पवित्रा पौडेल, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, नगर उप प्रमुख मिरा जोशी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, व्यास नगरपालिकाका प्रथम प्रमुख ताराप्रसाद श्रेष्ठलगायतले वृक्षारोपणमा सहभागीता जनाएका हुन् ।


वन डिभिजन तनहुँको समन्वयमा गरिएको कार्यक्रममा म्यांगो स्टिनका ३५ वटा बिरुवा रोपण गरिएको डिभजिन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । यस्तै बिरुवाले हेटौंडा बजार समेत सुन्दर देखिएकाले दमौलीमा पनि रोपिएको उनले बताए ।


खुला मैदानको संरक्षणसँगै हेर्दा पनि आकर्षक र हराभरा पार्ने उद्देश्यका साथ वृक्षारोपण गरिएको र यसको संरक्षण गरिने व्यास ३ का वडा सदस्य रबिन पौडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी