दमौलीका युवासहितको ईलाम– रारा साईकल यात्रीलाई दमौलीमा स्वागत गरिने

  • ख-
  • ख+

दमौलीःकोभिड १९ का कारण थलिएको पर्यटन क्षेत्रलाई अकास्न तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न भन्दै आयोजना गरिएको नेपाल साईकल फेस्टिभलको ईलाम–रारा साईकल यात्रीको समूहलाई दमौलीमा स्वागत गरिने भएको छ ।

विश्व साईकल यात्री पुष्कर शाहको अगुवाईमा ईलामको श्रीअन्तुबाट शुरु यात्रा रारामा गएर टुंगिनेछ । देशैभरका युवा सहभागी यात्रामा दमौलीका युवा विनोद सापकोटा समेत छन् ।

महर्षि वेदव्यासको भूमि दमौलीमा युवाहरुलाई स्वागत गरिने व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताए । दमौली न्यूरोडमा बिहान११ बजे हुने कार्यक्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानेले सहभागीलाई स्वागत गर्नेछन् ।

चार वेद र अठार पुराणका रचयिता महर्षि वेदव्यासको थलो दमौलीको पहिचानका लागि समेत यात्राले भूमिका खेल्ने नगरपालिकाको विश्वास छ ।

व्यास नगरपालिकाको मुख्य आयोजना तथा साईकल स्टेशनको सह आयोजनामा हुने कार्यक्रमलाई श्रृजनशील युवा मञ्चले सहयात्री तथा दमौली न्यूजले अफिसियल मिडियाका रुपमा सघाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी