टिकटक बनाउँदा बेपत्ता युवतीको शव भेटियो

  • ख-
  • ख+

दुलेगौंडाः सामाजिक सञ्जाल टिकटक बनाउने क्रममा सेतीमा बेपत्ता एक युवतीको शव भेटिएको छ ।

गत भाद्र २९ गते शुक्लागण्डकी ७ रक गार्डेनस्थित सेती नदीबाट बेपत्ता सोही नगरपालिकाको वडा नम्बर ८ लालिम माइत भएकी १९ वर्षिया पवित्रा लम्साललाई मंगलबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी टिकटक बनाउने क्रममा नदीमा डुबेको भनिए पनि सार्वजनिक एक टिकटक भिडियोले उनले आत्महत्या गरेजस्तो संकेत गरेको छ ।

यद्यपि यसबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ । उनको शव नदीको घाटमा फेला परेको प्रहरीले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी