डुम्रे–बेसिसहर सडकको अवरोध हट्यो, यातायात नियमित

  • ख-
  • ख+

दमौलीः पहिरो खस्दा अवरुद्ध बनेको डुम्रे बेसिसहर सडकखण्डको यातायात नियमित बनेको छ ।

भानु ८ पाँच सय डाँडामा माथिबाट झरेको पहिरोका कारण सोमबार रातीबाट अवरुद्ध सडक बिहान ११ बजेबाट नियमित बनेको प्रहरीले जनाएको छ ।

सडक डिभिजनबाट गएको डोजरले पहिरोको अवरोध हटाएपछि यातायात सञ्चालनमा आएको छ । तर पनि पहिरो खस्ने सम्भावना भने अझै छ ।
प्रहरीका अनुसार पुरै अवरोध नहटेकाले एकतर्फी यातायात सञ्चालन भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी