चन्द्रावतीको दुई शताब्दी पुरानो मन्दिरमा धार्मिक महोत्सवको तयारी

  • ख-
  • ख+

दमौलीः भानु नगरपालिका वडा नं १३ चन्द्रावतीमा धार्मिक महोत्सव तथा ज्ञान महायज्ञ हुने भएको छ । प्राचीन एवं पौराणिक , एतिहासिक नैनेश्वर महादेव मन्दिर चन्द्रावतीको भौतिक पुर्वाधार निर्माण सहयोगार्थ महायज्ञ आयोजना गरिएको आइतबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

दुई सय बर्ष पुरानो नैनेश्वर महादेव मन्दिर अत्यन्तै जीर्ण भएकोले त्यसको संरक्षणका लागि महायज्ञ आयोजना गरिएको बताइएको छ ।

गाउँ गाउँमा धर्म लोप हुँदै गएको अवस्थामा धर्म संस्कृतिलाई जोगाउन पनि महायज्ञ आयोजना गरिएको हो , महायज्ञ मुल समारोह समितिका सचिव कुबेर खनालले जानकारी दिए । पहिला पहिला यश मन्दिरमा धार्मिक भक्तालुहरूको ठुलो भिड लाग्दथ्यो तर पछिल्लो समयमा मन्दिर जीर्ण भएकोले भक्तालुहरू कोहि नआउँदा दुःख लाग्ने गरेको खनालले बताए ।
महायज्ञ असोज १४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने र
त्यस भित्र असोज २१ गतेसम्म पितृमोक्ष कार्यक्रम र त्यसपछि धार्मिक कार्यक्रम आयोजना हुने मुलसमारोह समितिका सचिव कुबेर खनालले बताए ।

पुरातात्विक सम्पदाको सूचीमा परेको मन्दिररका लागि पुरातत्व विभागले १० लाख रूपया सहयोग गरेको र त्यो रकमले डीपीआर तयार हुँदै गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । मन्दिर पुनर्निर्माण गर्दा

मन्दिर भित्रको पुरानो संरचनालाई नमास्ने गरि पुनर्निर्माण गरिने मुल समारोह समितिका संयोजक ध्रुवचन्द्र अधिकारीले बताए । मन्दिर निर्माणलाई स्थानीय सरकारले कत्तिपनि रकम निकासा नगरेकोले पनि रकम संकलनका लागि महायज्ञ लाउनुपरेको संयोजक अधिकारीले बताए ।

१८ सय ९० सालमा मन्दिर निर्माण भएको भन्ने त्यहाँ रहेको घण्टाले प्रमाणित गरेको समेत अधिकारीले जानकारी दिए । महायज्ञमा १ करोड उठाउने लक्ष्य लिएर अगाडि बढेका छौं उनले भने ।

प्रखर कथावाचक पं कपिलदेव भट्टबाट संगितमय कथा प्रवचन हुने
आर्थिक समिति संयोजक देशबन्धु खड्काले बताए ।

पत्रकार सम्मेलनमा
जिल्ला समन्वय समितिका प्रवक्ता गल गुरूङ , शैलेस राज अर्याल लगायतले कार्यक्रमको सफलताको सुभकामना ब्यक्त गरेका थिए । सो अवसरमा चक्रबहादुर अधिकारी , भरतबहादुर अधिकारी , जगतबहादुर बानिया , राजु ढकाल , रामचन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी