बन्दीपुर १ वडा कार्यालय उद्घाटन गर्दै मन्त्री बरालले भने,‘परिवर्तन सिध्याउने खेल भैरहेको छ’

  • ख-
  • ख+

डुम्रेः बन्दीपुर गाउँपालिका १ नम्बर वडा कार्यालयको भवन उद्घाटन भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री रामजी बरालले भवनको उद्घाटन गर्दै माओवादी सशस्त्र युद्धका कारण देशमा परिवर्तन आएको बताए ।

तर पनि परिवर्तन सिध्याउने खेल भैरहेको दाबी गर्दै उनले उपलब्धि जोगाउनु चुनौती रहेको उल्लेख गरे ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले विकास निर्माणका धेरै काम गाउँपलिकाको नेतृत्वमा भएको भन्दै आधारभूत सेवासँगै पर्यटकीय विकासमा पनि गाउँपालिकाको प्राथमिकता रहेको बताए ।


वडा कार्यालय झण्डै एक करोड लागतमा सम्पन्न भएको र अब वडावासीलाई सेवा दिन सहजता मिलेको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए ।

रिमाल्नीको प्लटिङ क्षेत्रमा बनेको वडा कार्यालयका लागि स्थानीयले जग्गा दान समेत गरेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी