
दमौलीः नेपाली कांग्रेसको आसन्न व्यास नगर अधिवेशनमा सह सचिव पदमा चुनाव लड्ने जेसिआई व्यास नगरका पूर्व अध्यक्ष माधव न्यौपानेले घोषणा गरेका छन् ।
विभिन्न व्यक्तिहरुले उम्मेदवारी घोषणा गरेसँगै न्यौपानेले पनि चुनावी मैदान तय गरेका हुन् । दमौली न्यूजसँग कुराकानी गर्दै उनले युवा र अग्रजको समावेशिकरण गर्दै बलियो पार्टी संगठन निर्माणका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए ।
पार्टीको व्यास ४ वडा सचिव रहिसकेका न्यौपाने तनहुँ कालिका बचत तथा ऋण सहकारी तथा तनहुँ कालिका इन्भेष्टमेन्टका अध्यक्ष हुन् ।
उनी तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका सचिव समेत हुन् । आफूलाई मतदाताले विजय गराउने न्यौपानेले विश्वास गरे ।