अनेमसंघ क्रान्तिकारीद्वारा शिक्षण संस्था वरपर धुम्रपान मध्यपान निषेध गर्न माग

  • ख-
  • ख+

दमौलीः नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले तनहुँका स्वास्थ्य तथा शिक्षण संस्था वरपर धुम्रपान तथा मध्यपान निषेधित क्षेत्र घोषणा गर्न माग गरेको छ ।

तनहुँका दशवटै स्थानीय तहमा ज्ञापन पत्र बुझाएको क्रान्तिकारीले सामाजिक विकृती सुधार तथा महिला सशक्तिकरणका पक्षमा माग गरेको छ । क्रान्तिकारीकी जिल्ला अध्यक्ष सृजना सिग्देल नेतृत्वको टोलीले व्यास नगरपालिकामा नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्लाका अन्य तहमा पनि तह प्रमुखलाई यस्तो ज्ञापन पत्र बुझाइएको छ । ज्ञापनपत्रमा नगर क्षेत्रका हरेक विद्यालयमा स्टाफ नर्सको व्यवस्था गर्न पनि माग गरिएको छ । यसैगरी लैंिगक उत्तरदायी बजेट १० प्रतिशतको व्यवस्था गर्न समेत अनेमसंघ क्रान्तिकारीले माग गरेको छ ।

व्यास नगरपालिकामा नगर संयोजक कल्पना पौडेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा स्थानीय तहमा अल्पकालीन सेफ हाउस, गर्भवतीलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था तथा पीडित महिलाको न्यायिक समितिमार्फत तत्काल न्याय दिने व्यवस्था गर्न समेत माग गरिएको छ ।

छोरीका लागि जन्मेपछि खाता र माध्यमिक शिक्षा निःशुल्क दिने व्यवस्था गर्न समेत अनेमसंघ क्रान्तिकारीले माग गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी