पोखरा गएर किसानले भने,’ गण्डकीमा म एक्लै भारी ‘

  • ख-
  • ख+

दमौली: तनहुँ क्षेत्र नम्बर १ का सांसद एवं  नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठले आफ्नो पार्टी गण्डकीमा बलियो रहेको दावी गरेका छन् ।

पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले माधव नेपाल पक्षबाट आफू मात्र भए पनि भारी पर्ने जिकिर गरे । उनले अब पार्टीलाई गण्डकीमा बलियो बनाउने र आफूले भूमिका खेल्ने बताए ।

श्रेष्ठले आफूले ओली समूहमा लागेर गल्ती महसुस गरेपछि नेपाल समूहमा लागेको र देउवालाई विश्वासका मत दिन मतदान गरेको बताए ।

आफू बीसौं वर्षदेखि ओली गुटमा रहे पनि गल्ती महसुस गर्दै माधव पक्षमा आएको उनको भनाइ थियो । ओलीले २ पटक संविधान विरोधी काम गर्दा पनि साथ दिएको बताउँदै उनले भने, ‘पछि गल्ती गरेको रहेछु भन्ने बुझें र शेरबहादुर देउवालाई विश्वासको मत दिएँ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी