भानुको जन्मथलोको संरक्षणमा चुँदीका युवाको सक्रियता

  • ख-
  • ख+

चुँदीः चुँदीका युवाले आदिकवि भानुभक्तको जन्मथलोको सरसफाई तथा सालिक क्षेत्रको मर्मत गरेका छन् ।

आदिकविकै नामबाट प्रसिद्ध भए पनि सरसफाई र संरक्षण अभावमा भानुको जन्मथलो सिखरकटेरी नजिकै उनको अर्धकदको सालिक भएको क्षेत्रमा फोहोर भएको तथा पर्खाल समेत भत्किएको पाए पछि संरक्षण थालेका हुन् ।

चुँदी रम्घा बनाऔं अभियानको पहलमा युवाले सालिक क्षेत्रको झार उखाल्ने, घाँस काट्ने तथा सालिक र पर्खाल मर्मतको काम गरेको अभियन्ता सन्देश आचार्यले जानकारी दिए ।

पछिल्लो समय चुँदी रम्घा क्षेत्रको विकास निर्माणमा युवाले चासो र सक्रियता देखाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा चुँदी रम्घा बनाऔं अभियान बनाएर आफ्नो क्षेत्रको विकास निर्माणबारे छलफल, बहस गर्दै स्थलगत रुपमा काम समेत थालिएको अभियन्ता आचार्यले दमौली न्यूजलाई बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी