जब प्रहरीले गाडिसकेको लास झिक्यो…………

  • ख-
  • ख+

सामान्य लाग्ने मृत्युमा नयाँ मोड

आँबुखैरेनी: गत भदौ ३१ गते । आँबुखैरेनी ४ खस्राङका ३७ वर्षका राजु गुरुङको निधन भयो । परिवारबाट आत्महत्या गरेको भनियो । आफन्तले सोही रात चिहानडाँडामा गुरुङ परम्परा अनुसार अन्तिम संस्कार पनि गरे ।


तर एकाएक दुई दिनपछि घटनाले अर्कै मोड लियो । प्रहरीको एक टोली शुक्रबार बिहानै चिहानडाँडा पुग्यो । गाडिएका राजकुमारको शव प्रहरीले झिकेर आफैसँग लिएर गयो ।


त्यसपछि वरपरका मानिस आश्चर्यमा परे । पहिले घटनालाई सामान्य ठानेकाहरु पनि दंग परे । प्रहरीले राजकुमारको शव पोष्टमार्टमका लागि दमौली अस्पताल ल्याएको छ ।


गाडेको ठाउँबाट लास किन झिकियो ?
अन्त्येष्टि भैसकेको लास झिक्ने अवस्थामा प्रहरी कसरी पुग्यो त ? प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेना भन्छन्,‘मृत्यु सामान्य होइन भन्ने सूचना हामीकहाँ आइपुगेकाले अनुसन्धान गर्नुपर्ने भएर शव झिक्ने अवस्था आएको हो ।’

उनका अनुसार दमौली अस्पतालमा शवको पोष्टमार्टम भएको छ ।
आफन्त पर्ने दुई पक्राउ
प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न मृतककै आफन्त दुईलाई पक्रेको छ । ‘मृतकका छोरा र छोराका आफन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ,’ प्रहरी श्रोतले भन्यो ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान भैरहेकाले अहिल्यै थप बताउन नमिल्ने बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी